दार्चुलामा सभा राखेर गठबन्धनले दियो एमालेलाई काउन्टर

काठमाडौँ । नेकपा एमालेले दार्चुलामा सभा राखेर ठूलो जनमानस उतारेपछि सत्तारुढ गठबन्धनले पनि काउन्टरस्वरुप दार्चुलामै चुनावी सभा राखेको छ ।

कार्तिक २३ गते दार्चुलाको गोकुलेश्वरमा वाम लोकतान्त्रिक गठबन्धनले चुनावी सभा आयोजना गरेको छ । दार्चुलामा नेकपा एमालेले चुनावी सभा गरेको केही दिनमै सत्तारुढ गठबन्धनले दार्चुलामै चुनावी सभा गरेर काउन्टर दिन लागेको हो ।

दार्चुलाको सभामा कांग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले संशोधन गर्ने छन् ।

दार्चुला पुगेर ओलीले आफ्नो गुमेको भूमि लिपुलेक, लिम्पियाधुरा, कालापानी फिर्ता ल्याउने उद्घोष गरेका थिए । एमालेले दार्चुलामा ठूलो जनमानस उतारेपछि गठबन्धनले पनि दार्चुलामा सभा आयोजना गर्न लागेको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve + eighteen =