नेकपा एसको जुम्ला जिल्ला कमिटी एमालेमा विलय

काठमाडौँ । माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी जुम्ला जिल्ला कमिटी नेकपा एमालेमा विलय भएको छ।

आगामी मंसिर ४ गते हुने आम निर्वाचनमा एमालेलाई थप बलियो बनाउनका लागि सिंगो जिल्ला कमिटी नै एमालेमा विलय भएको दुवै पार्टीका जिल्ला अध्यक्षद्वारा जारी संयुक्त विज्ञप्तिमा उल्लेख छ।

एमाले जुम्ला जिल्ला कमिटी अध्यक्ष शान्तिलाल महत र एकीकृत समाजवादी जिल्ला अध्यक्ष आदीप्रसाद न्यौपानेले सात बुँदे संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै समाजवादी पार्टी एमालेमा समाहित भएको घोषणा गरेका छन् ।

विज्ञप्तिमा ‘एमाले जुम्लाले कार्तिक ७ गते वाम एकता लगायत मूल घर फिर्ताका लागि गरिएको सार्वजनिक अपिल समेतलाई मध्यनजर गर्दै एमालेमाथि गरिएको चौतर्फी घेराबन्दीलाई तोड्न एमाले जिल्ला कमिटी जुम्ला र नेकपा एकीकृत समाजवादी जिल्ला कमिटी जुम्ला’ बीच पार्टी एकीकरण गरेको घोषणा गर्दै ‘एमालेलाई विशाल, एकतावद्ध र सुदृढ संगठन निर्माण गर्दै पार्टी अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा नेकपा एमालेको प्रगतिशील सरकार बनाउने’ उल्लेख गरिएको छ।

twitter sharing button
messenger sharing button
whatsapp sharing button
प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 + fifteen =