मोरङ– ३ मा त्रिपक्षीय भिडन्त : सुनिल भन्छन्, ‘रेखाजीसँग फोटो खिच्छन् भोट हाल्दैनन्’

विराटनगर । मोरङ क्षेत्र नम्बर ३ मा यो पटक त्रिपक्षीय भिडन्त हुँदैछ । आगामी मंसिर ४ गते हुने निर्वाचनमा नेकपा एमालेका भानुभक्त ढकाल, गठबन्धन दलहरुको तर्फबाट नेपाली कांग्रेसका सुनिल शर्मा र राष्ट्रिय प्रजातन्त्र पार्टीकी उम्मेदवार रेखा थापा चुनावी मैदानमा प्रतिस्पर्धीको रुपमा देखिएका छन् ।

यसरी चुनावी मैदानमा लागेका यी उम्मेदवारहरु सबै आफूले जित्ने दाबी गर्दै आएका छन् । यस अघि निर्वाचित भएर गएका एमाले नेता ढकाल आफू चुनाव जित्ने दाबी गर्दै गर्दा गठबन्धनका उम्मेदवार शर्मा भनेँ दुई तिहाई बढी मतले लिड गरेर जित्ने दाबी गर्छन् ।

राप्रपाकी नेतृ तथा नायिका थापा भने यी दुई दलका उम्मेदवारबाट मतदातामा निराशा छाएकोले नयाँ विकल्पको रुपमा आफू आएको बताउँदै मतदातासम्म पुगेकी छिन् । थापा नेपाली कांग्रेसको मत धेरै आउने र आफूले जित्ने दाबी गर्छिन् । प्रतिस्पर्धामा रहेका सुनिल भनेँ रेखा नयाँ भएको कारण अहिले उनको लागि अनुभव मात्र हुने बताउँछन् । मतदाताका अपेक्षा बिहानदेखि रातीसम्म नै घरदैलोमा रहेको कारण मतदाताको आशीर्वाद आफूले पाएको शर्मा बताउँछन् ।

‘मतदाताकोमा जाने, भेट्ने कोणसभा गर्ने लगायतका कार्यक्रममा व्यस्त हुने गरिएको छ, शर्मा भन्छन्, मतदाताको अत्यन्त रेस्पोन्स पाएको छु ।’

पहिला जिताएर पठाएको नेता क्षेत्रमा नआएकोले तपाईँहरू पनि त्यस्तै हो भनेर मतदाताले सोध्ने गरेको शर्मा बताउँछन् ।

‘हामी जितेका हैनौँ नयाँ हो भनेर चिर्न समस्या भएको छ, उनी भन्छन्, हामीलाई नागरिकका त्यही प्रश्न चिर्न समस्या देखिएको छ।’

उनले जनताको अपेक्षालाई राज्यमा गएर भ्रष्टाचार नगरेस्, जनताको काम गरोस्, सुकुम्वासीलाई धनी पुर्जा, बाटोघाटो, पुल पुलेसा, बिजुली लगायतका रुपमा लिएका छन् । प्रतिस्पर्धी भानु दाइ बेलवारी नै घर भएको बताउने शर्मा आफ्नो प्रतिस्पर्धी भानुभक्त ढकाललाई मान्छन् ।

‘मेरो प्रतिस्पर्धी अरू हैन भानुभक्त दाइ नै हो, उनले भने, उहाँ टुरिष्ट उम्मेदवार हो, म यहाँको स्थानीय हो ।’ खाली खुट्टा हुँदा देखि यहीँ बिताएकोले सबै समस्या आफूलाई थाहा भएको शर्मा बताउँछन् ।

‘यहीँ खाली खुट्टा हिँडेर बिताएको हो, उनी भन्छन्, मलाई सबैले चिन्नु भएको छ, स्थानीय भएकोले पनि सबैले म प्रति अपनत्व देखाइदिनु भएको छ।’ उनी एमाले बाहेकलाई प्रतिस्पर्धीको रुपमा लिँदैनन् ।

मिडियाले मात्र हलोलाई चुनौतीको रुपमा लिएको उनी बताउँछन् । ‘अहिले हामीलाई हलोको चुनौती छैन,शर्मा भन्छन्, रेखा जी आउनु भएको छ, यो पटक उहाँले संगठन बनाउनु हुन्छ, अर्को पटक प्रयास गर्नुहुन्छ ।’

शर्माका अनुसार, फिल्म क्षेत्रबाट आएकोले फोटो खिचाउनको लागि युवा युवती जान्छन्, फोटो खिचाउँछन् आउँछन् , रेखा जी अहिले चुनाव लडेर अनुभव लिनु हुन्छ अर्को पटकलाई सजिलो बनाउनु भएको छ। प्रतिस्पर्धा एमाले र कांग्रेसको बिचमा नै हुने उनको ठम्याई छ । यहाँ बलियो भनेको हामी नै हो दोस्रो नेकपा एमाले नै हो, त्यसपछि अरू पार्टीहरू हुन सक्छन्, शर्मा भन्छन् । हिजो कांग्रेसको अवस्था कमजोर भएको कारण आफूले हारेको बताएका शर्मा अहिले काँग्रेस राम्रो भएको दाबी गर्छन् ।

‘एमाले र कांग्रेसको मतको अन्तर भनेको करिब दुई तीन सयको हाराहारीमा छ, शर्मा भन्छन्, अब यो क्षेत्रमा माओवादी पनि थपिएकोले यहाँ करिब १२ हजार मतमा म अघि रहेको छु।’

नेपाली कांग्रेसबाट बागी उम्मेदवारी दिएका जयराज संयोजक लिम्बुलाई सामान्य रुपमा लिन्छन् । लिम्बुले नेपाली काँग्रेस भित्र करिब २ हजार मत प्रभावित गर्ने आकलन गरिएको छ । सुनिल भनेँ यीनले धेरै मत प्रभावित पर्न सक्ने व्यक्ति नभएको दाबी गर्छन् । ‘यी व्यक्ति हिजोको दिनमा अपराधमा संलग्न व्यक्ति हुन्, शर्मा भन्छन्, यस्ता अपराधमा संलग्न रहेका व्यक्तिलाई मतदाताले चिन्नु भएको छ, मलाई कुनै असर गर्दैन ।’

सुनिलका एजेन्डा चिसाङ, लोहन्द्रा, डाँस, बक्राहा र स–साना खोला तथा खोल्सीहरूको तटबन्ध मुख्य समस्याको रुपमा रहेको छ । हेर्दा सानो तर किसानले लामो समय देखि झेल्दै आएको पैनीको पनि यहाँ समस्या रहेको शर्मा बताउँछन् । ‘बाटोघाटो, पुलपुलेसा, स्कुलको जीर्णोद्धार गरी धेरै विद्यालयमा अंग्रेजी माध्यमाबाट सुरु गर्नु पर्ने अवस्था छ, शर्मा भन्छन्, बिजुली बत्ती, पोल, विकास निर्माण लगायतका कुराहरू नै नागरिकका माग र मेरा एजेन्डा हुन् ।’

नागरिकका समस्या स्वास्थ्यसँग सम्बन्धित छ । राज्यको ईन्स्योरेन्स पोलिसी झन्झटिलो खालको भएको बताउने शर्मा सिफारिस गर्नु पर्ने, यता उता धेरैतिर कुद्नु पर्ने झन्झटिलो रहेकोले यसलाई सुधार गर्ने बताउँछन् । बीमा समस्या सहज बनाउन नीतिहरू परिवर्तन गरेर जाने तयारीमा आफू रहेको बताउँछन् । पैसा नभएको कारण मृत्यु शय्यामा छटपटिएकालाई आफूले बचाउने प्रतिबद्धता सहित चुनावी मैदानमा होमिएको शर्माको भनाई छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *