चितवन-२ मा स्वतन्त्र उम्मेदवार सुन्दर डल्लाकोटीको समर्थन उमेश श्रेष्ठलाई

चितवन । चितवन क्षेत्र नम्बर २ का एक स्वतन्त्र उम्मेदवारले लोकतान्त्रिक वाम गठबन्धनका उम्मेदवार उमेश श्रेष्ठलाई समर्थन गरेका छन् । कालिका नगरपालिकामा भएको चुनावी कोणसभामा स्वतन्त्र उम्मेदवार सुन्दर डल्लाकोटीले श्रेष्ठलाई समर्थन गर्ने घोषणा गरेका हुन् ।

डल्लाकोटीले चितवन क्षेत्र नम्बर ३ छाडेर क्षेत्र नम्बर २ मा उम्मेदवारी दिएको सुनेपछि आफूले उमेश श्रेष्ठलाई समर्थन गरेको बताए । ‘पहिला म क्षेत्र नम्बर २ मा लड्ने र रवी क्षेत्र नम्बर ३ मा लड्न सहमति भएको थियो तर उनले धोका दिएपछि मैले उनको साथ छोडेँ’ डल्लाकोटीले भने, ‘म यही क्षेत्र बुझेको हिँडेको व्यक्ति यस्ता धोकेबाजलाई समर्थन गरेर चितवनका जनतालाई थप पछाडि धकेल्न हुन्न भनेर उमेश श्रेष्ठलाई समर्थन गरेको हुँ’ उनले भने ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × two =