एक महिनाअघि माल्टा पुगेकी नेपाली महिलाको मृत्यु

काठमाडौँ । माल्टामा एक नेपाली महिलाको मृत्यु भएको छ । रोजगारीका लागि करिब १ महिना अगाडि माल्टा पुगेकी विनीता ढुंगेलको मृत्यु भएको हो ।

इलामको सूर्योदय नगरपालिका-६, कन्यामकी ढुंगेलको उपचारको क्रममा माल्टाको सरकारी अस्पतालमा बिहीबार मृत्यु भएको हो । अस्पतालका अनुसार उनी डेंगुबाट ग्रसित बनेकी थिइन् ।

माल्टा पुगेको भोलिपल्टबाटै स्वास्थ्यमा समस्या देखिए पछि ढुंगेललाई अस्पताल भर्ना गरिएको थियो । माल्टाको स्थानीय बिमा नभएको कारण उनको करिब ३० हजार युरोको बिल आएको बताइएको छ ।

रोजगार दाता कम्पनी ओजो ग्रुपले घटनाप्रति दुःख व्यक्त गरेको छ । ढुंगेलले कम्पनीसँग कुनै पनि काम शुरु नगरेको भए पनि कम्पनीको तर्फबाट सहयोगका लागि तयार रहेको बताइएको छ ।

प्रतिक्रिया

One thought on “एक महिनाअघि माल्टा पुगेकी नेपाली महिलाको मृत्यु

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × four =