जनताले के आसले मतदान गर्ने ?

राजनीतिक दलका नेताहरू चुनाव आउनेबित्तिकै जनताको घरतिर दौडिन्छन् तर चुनावपछि चुनाव हारेपनि वा जितेपनि उनीहरू जनताको घरमा आउँदैनन् र कतै देखेपनि नदेखेझैँ गर्छन् । राजनीतिक दलहरू अघिपछि व्यापार-व्यवसाय गर्छन् अनि जनता ठग्छन् । यता सरकारले निर्वाचनका लागि मिति घोषणा गर्ने बित्तिकै राजनीतिक पार्टीलाई पैसा दिएर टिकट लिन्छन् र पैसाकै आडमा चुनाव जित्छ ।

यसपालिको चुनावमा पनि कोही म्यानपावर दलाली उठेका छन् त कोही ‘यसपालि पोइल जाऊँ’ भन्ने गीत गाउने उठेका छन् । राजनीतिक दलबाट टिकट पाएर उम्मेदवार हुनेहरुमा सबै माफिया, ठेकदार, कलाकार वा व्यापारीहरू रहेका छन् । यसरी यिनीहरूले टिकट पाइपछि सर्वसाधारणहरू झन् निराश भएका छन् ।

काठमाडौँका मेयर बालेन्द्र र धरानका मेयर हर्क साम्पाङले स्वतन्त्रबाट चुनाव जितेपछि अहिले डाक्टर, पत्रकार र व्यापारीहरूसहित स्वतन्त्र चुनाव लड्दैछन् । यिनीहरु आफ्नो पेसा छोडेर जनताको हितमा काम गर्छु भन्दै नाटकनौटंकी गर्दै जनताको घरमा भोट माग्न धाइरहेका छन् ।

टेलिभिजनमा कार्यक्रम चलाउँदा उफ्रिउफ्री कराउने रवि लामिछानेलाई राजनीतिको विषयमा केही थाहा छैन तर पार्टी खोलेर चुनाव लड्न लागिपरेका छन् त यता अस्पतालमा भने केही काम नगर्ने तर उता आफ्नो प्राइभेट क्लिनिकमा गएर जनता ठग्ने, लापरबाही गरेर उपचार गरी जनता मार्नेहरू पनि यसपालिको चुनावमा उठेका छन् ।

अघिपछि जनता नदेख्ने तर चुनावको समयमा मात्र देख्ने कलाकार, व्यापारी, दलाल वा अन्य व्यवसायीहरू पनि धमाधम चुनाव लड्ने तयारीमा छन् । यिनीहरूले हिजाे पनि व्यापार गरेर जनता ठगेर, जनतासँग नै झुटो बोलेर र जनताकै मत लिएर सांसददेखि मन्त्री खाए र आज पनि यिनीहरूको यहीँ दाउ छ । त्यस्तै यता राजनीतिक दलहरूले केही गरेन वा बुढा नेताहरूले देश बिगारे भन्दै धमिलो पानीमा माछा मार्न स्वतन्त्रहरू आइपुगे ।

हिजो राजनीतिक दलहरूले केही काम नगरेको र अब हामी स्वतन्त्रहरू देश र जनताको हितमा काम गर्छु भन्दै सिङ्गो पानीलाई धमिलो बनाउन रवि लामिछाने आइपुगेका छन् । अहिले चुनावको समयमा जनताको घरमा धान काट्नदेखि हरेक काम गर्न राजनीतिक दलका नेताहरू पुगेका छन् तर चुनावपछि पदमा पुगेपछि जनताको सानो काम समेत गर्दैनन् ।

एउटा उदाहरण नै भन्दा, काठमाडौँ क्षेत्र नम्बर ४ बाट गगन थापाले पटकपटक चुनाव जिते तर त्यो क्षेत्रको विकासका लागि उनले एउटा सिन्को पनि भाँचेनन् । सदनबाट एनसीसी पारित गर्नेसमयमा थापाले आफ्नो ज्यान नै फालेका थिए, उनलाई त्यसबेला न नेपालको नै माया लाग्यो, न नेपालीको । थापाले एनसीसी पारित गर्नेसमयमा भनेका थिए, यदि अमेरिकाका सेना नेपाल भित्रिएमा मलाई चार पाटे मुडेर थानकोट कटाउनुस् तर उनले त्यसबेला थानकोटभन्दा उता पनि नेपाल नै छ वा नेपालमा ७७ ओटा जिल्ला छ भनेर बिर्सिएछन् । के थानकोटभन्दा उता तै नेपाल होइन र, थापाजी ।

गगन थापा र महेश बस्नेतलाई अहिलेपनि जनता एउटै नाम दिन्छन्, गुण्डा । हुन त पार्टीमा धेरै गुण्डाहरुले टिकट पाएका छन्, धेरै गुण्डाहरु मन्त्री भएका छन् तर अरू गुण्डाको त्यति नाम नआएपनि थापा र बस्नेतको भने नाम हरेक जनताको मुखमा छ र जनताले यिनीहरूलाई गुण्डा नै भन्छन् । बस्नेत उद्योग मन्त्री हुँदा उनले जनताको लागि सिन्को नभाँचेको तर मदिरालाई लाइसेन्स दिएर वा इट्टा भट्टालाई नहटाएर अर्बाैँ रुपैयाँ खाएको भनिन्छ । साथै भक्तपुर क्षेत्र नम्बर २ मा भएका सार्वजनिक जग्गा, पार्टीपौवाका जग्गा, कुवा, तालपोखरीहरु सबै व्यक्तिको नाममा गएको र खेतीयोग्य जमिन पनि सबै प्लानिङ गरेर वा घर बनाएर सिधिँएको भनिन्छ ।

भक्तपुर, ललितपुर र काठमाडौँमा त यिनै नेताहरूले सबै खेतीयोग्य जमिन र सरकारी जमिनहरू घर बनाएर वा व्यक्तिको नाममा नामसरी गराएर सिधाँए तर यिनैको सिको सिकेर उपत्यकाका बाहिरी जिल्लाहरूमा पनि सबै खेतीयोग्य जमिनहरू प्लानिङ गर्ने वा खण्डीकरण गर्ने क्रम अहिलेपनि बढ्दो छ । जग्गा खण्डीकरण गरेर महँगोमा बेचेर पैसा कमाउन र त्यही पैसा राजनीतिक पार्टीलाई दिएर टिकट पाएर वडाध्यक्षदेखि सांसद र सांसददेखि मन्त्री बन्ने चलन बढिरहेको छ ।

आनाको ५० देखि ८० लाखसम्म यिनैले सर्वसाधारणलाई जग्गा खण्डीकरण गरेर बेचे तर यिनीहरूले त यसरी सर्वसाधारण फसाएर वडाध्यक्षदेखि मन्त्री जिते भने आज ती सर्वसाधारणहरू वित्तीय संस्थाको ऋण तिर्न नसकेर भाग्न वा आत्महत्या गर्न बाध्य भए । आनाको ५० देखि ८० लाखमा किनेको घडेरी अहिले किनेको आधामूल्यमा समेत बिक्दैन ।

सस्तोमा जग्गा किनेर सबै खेतीयोग्य जमिनहरूमा रातारात डोजर चलाएर वा प्लानिङ गरेर महँगोमा जग्गा बेच्ने र नयाँ बस्ती राखेर भोट लिने पनि यिनै नेताहरू हुन् । साथै नेपाल खाद्यान्नमा आत्मनिर्भर रहेको थियो तर पछिल्लो समय सबै खेतीयोग्य जमिनहरूमा घर बनाउन लगाएर बाहिर मुलुकबाट गाँसदेखि कपडासम्म ल्याउन बाध्य बनाउने पनि यिनै हुन्

देशमा रोजगारी नपाएर बर्सेनि हजारौँ वा लाखौँ नेपालीहरूलाई खाडी मुलुक जान बाध्य बनाउने पनि यिनै हुन् । एउटा नेपालीको टाउकोमा ७९ हजार विदेशी ऋण पुर्याउनेहरु पनि यिनै हुन् ।

साथै व्यापारव्यवसाय डुबाउन, सेयर लगानीकर्तालाई डुबाउन र वित्तीय संस्थाको ऋण तिर्न सक्दैनौँ भन्दै सडकमा उतार्ने पनि यिनै हुन् । नेताहरूकै कारण आज सरकारी वा प्राइभेट बैंक तथा सहकारीमा जनताले डिपोजिट राख्न छोडे र अब नेपाल डुब्छ वा देश श्रीलंका हुन्छ भनेर जनताले थाहा पाइसकेका छन् ।

व्यापारीहरू हप्तामा ३ पटक सामानको मूल्य बढाउँछन्, महँगीले सीमा नाघ्न थालिसकेको छ र अब जनता बाँच्न नसक्ने अवस्थामा पुगेका छन् । जनताले अहिले आफ्नो पैसा बैंक तथा सहकारीबाट निकालेर घरमा लुकाइसकेका छन् त सरकारले पनि अब सरकारी खर्च धान्न राज्यको ढुकुटीमा पैसा नरहेको बताइसकेको छ । त्यस्तै बैंकबाट एक हप्तामा २३ खर्ब रुपैयाँ वा निक्षेप जनताले निकालिसकेका छन् ।

जसले गर्दा बैंक तथा सहकारीमा पैसा राख्ने कोही छैन त निकाल्नेको लर्को छ । देशको अवस्था यस्तो हुँदा अब नेताहरूले आगामी मसिंर ४ गते चुनाव जितेपनि के गर्छन् । यिनीहरूले चुनाव जितेपछि पनि त्यहीँ तलबभत्ता खाने नै हो, सरकारी गाडी चढ्ने नै हो, देशविदेश घुम्ने नै हो र जनतालाई ठग्ने नै हो ।

अहिले चुनाव भएर मात्र जनता चुपचाप छन्, यदि चुनाव नभएको भए आज नेपाली जनताहरू सडकमा हुन्थे र राष्ट्रपति, प्रधानमन्त्री , अर्थमन्त्री र राष्ट्रिय बैंकका गर्भनरलाई लखेटी सक्थे । अर्थविद् र विज्ञहरू बताउँछन्, देशको अर्थतन्त्र श्रीलंकाकै अवस्थामा पुग्यो । साथै यता वित्तीय संस्थाबाट ऋण खाने ऋणीहरूले पनि अब हामी ऋण तिर्न सक्दैनौँ भनेर हात उठाइसकेका छन् त बैंक, फाइन्स र सहकारीमा पैसा राख्ने डिपोजिटहरु आफ्नो पैसा डुब्छ भनेर निकाल्न लाइनमा बसिसके ।

वित्तीय संस्था र ऋण खाने व्यापारी वा ऋणीको युद्ध त सुरु भइसकेको छ तर यो झगडा वा युद्धले वित्तीय संस्था डुब्छ कि ऋणी भाग्छ भनेर मात्र हेर्न बाँकी छ । वित्तीय संस्थाबाट ऋण खाने ऋणीले अब हामी तिर्न सक्दैनौँ भन्नेबित्तिकै डिपोजिटहरुको हालबेहाल भएको छ । यस्ता अवस्थामा जनताले जुनसुकै पार्टीलाई मतदान गरेर जिताएपनि के अब यो अवस्थालाई व्यवस्थापन गर्न सक्लान् ।

चुनावपछि देशको राजनीति कता जान्छ र कुन देशले नेपाल कब्जा गर्छ भनेर अहिले बजारमा बहस चलेको छ । चुनावमा जितेर आएका सांसदहरूले तलबभत्ता खान्छन्, सरकारी गाडी चढ्छन् र देशविदेश घुम्छन् , जसले गर्दा सरकारी ढुकुटी रितिदैँ जान्छ र देश श्रीलंका हुन्छ । अहिले हरेक क्षेत्रमा मन्दी आइसकेको छ, व्यापार घाटा बढिरहेको छ, तरलता बढिरहेको छ, डलरको मूल्य बढिरहेको छ , अब यस अवस्थाले हामी नेपाली केको संकेत गर्ने त ।

चुनावपछि सरकारी कर्मचारीलाई तलबभत्ता दिन समेत सरकारसँग पैसा हुँदैन भनिन्छ भने जनताहरू सरकारी कर्मचारीको तलबभत्ता कटौती गर्न माग गरिरहेका छन् । किनभन्दा कतिन्जेल विदेशी ऋण लिएर सरकारी कर्मचारीलाई तलबभत्ता खुवाउने । तर यी सबै कुराहरू अहिलेपनि नेताहरू जनतासमक्ष भोट माग्न जाँदा भन्दैनन् ।

राजनीतिक दलकै होस् या स्वतन्त्र नेताहरू कतिसम्म फटाहा हुन्छन् भनेर धरानका मेयर हर्क साम्पाङबाट बुझिन्छ । साम्पाङले चुनावअघि जनताले मलाई चुनावमा जिताएमा तलबभत्ता लिदिँन वा सरकारी गाडी चढ्दिनँ भनेका थिए तर अहिले त उनी तलबभत्ता खाइ नै रहेका छन् । स्थानीय चुनावमा त यस्ता कुरा गर्नेहरू धेरै थिए र आगामी चुनाव जित्नका लागि पनि धेरै उम्मेदवार यस्तै झुठा कुराहरू जनतासमक्ष बताउने गर्छन् ।

सरकारी खर्च धान्न नसक्ने अवस्थामा सरकार पुगिसक्यो  अनि विदेशी ऋण लिएर नेपाल कति दिन चल्छ । कुन देशबाट नेपाल सरकारले कति ऋण लिएको छ भनेर सरकार जनतालाई भन्दैन तर विदेशीसँग लिएको ऋणको साँवा र ब्याज सरकारले तिर्नुपर्छ , यदि सरकारले विदेशी ऋणको साँवाब्याज नतिरेमा विदेशीले नेपाल नै आफ्नो कब्जामा लिन्छ ।

पछिल्लो समय पर्यटकहरू नेपाल आउने क्रम घट्दो छ र डलरको मूल्य बढिरहेको छ । श्रीलंकाको अर्थतन्त्र टाट पल्टिनुअघि त्यहाँ पनि यस्तै लक्षण देखा परेको थियो । अब जनताले के आसले नेताहरूलाई मतदान गर्ने, नेताहरूले देश नै डुबाइसके, देश नै विदेशी ऋणमा फसाइसके । अब देशमा विकास होइन , उल्टै विदेशी ऋण तिर्न नसकेर नेपाल नै रहन्छ कि रहँदैन भनेर जनता अन्योल छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven + fourteen =