सन्दीपको मुद्दामा अदालतले झिकायो किशोरीको जन्मदर्ता र नागरिकताको अभिलेख

काठमाडौँ । सन्दीपको मुद्दामा अदालतले झिकायो किशोरीको जन्मदर्ता र नागरिकताको अभिलेख मागेको छ । सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दामा अदालतले थप प्रमाण संकलनका लागि आदेश दिएको हो ।

शुक्रबार लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएसँगै थप प्रमाण संकलन गर्न पनि अदालतले आदेश दिएको हो ।

जिल्ला अदालत काठमाडौंका न्यायाधीश माधवप्रसाद घिमिरेको एकल इजलासले सन्दीप पक्षले उठाएको किशोरीको उमेर बारे थप प्रमाण संकलन गर्न भनेको हो ।

सन्दीपले बयान साथ पेश गरेका पीडितको जन्मदर्ताको अभिलेख किताब सहितको सक्कल प्रति सम्बन्धित कार्यालयबाट झिकाउन आदेश दिएको हो।

गत मंगलबार सन्दीपले बयान दिँदा अदालत समक्ष किशोरी नाबालिग नरहेको प्रमाण पेश गरेका थिए। उनले किशोरीको जन्म मिति २०६१ असार १८ गते भएका तीन वटा प्रमाण पेश गरेका थिए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × two =