इन्स्पेक्टर सञ्जय बुचा प्रदेश १ को उत्कृष्ट प्रहरीबाट सम्मानित

काठमाडौँ । प्रदेश १ का प्रहरी निरीक्षक (इन्स्पेक्टर) सञ्जय बुचा उत्कृष्ट प्रहरीबाट सम्मानित भएका छन् । प्रदेश कार्यालय धरानमा कार्यरत इन्स्पेक्टर बुचा उत्कृष्ट कार्य गरेकामा प्रदेशकै उत्कृष्ट प्रहरीबाट सम्मानित भएका हुन् ।

६७औँ प्रहरी दिवसको अवसरमा १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरमा आयोजित कार्यक्रममा उनी सम्मानित भएका हुन् । कार्यक्रममा प्रहरी वरिष्ठ उपरीक्षक जयराज सापकोटाले पुरस्कार वितरण गरेका थिए ।

उनले कर्तव्यनिष्ठ उच्च अनुशासन पेशागत मर्यादा प्रदेशमा शान्ति सुरक्षा कायम भूमिका खेलेकोमा प्रशंसा गरिएको छ । प्रदेशमा शान्ति सुरक्षा, अमनचयन, अपराध अनुसन्धान र स्थानीय तहको चुनामा जोखिमपूर्ण काम गरेकाले उनलाई सम्मान गरिएको हो ।

कार्यक्रममा प्रमुख अतिथिको रूपमा प्रदेश १ का आन्तरिक मामा तथा कानुन मन्त्री केदार कार्की, प्रदेश प्रहरी प्रमुख सुदीप गिरीको उपस्थिति थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − thirteen =