काठमाडौँ-४ : एमाले उम्मेदवार राजन भट्टराईको घरदैलो (तस्बिरहरू)

काठमाडौँ । चुनावको मिति नजिकिँदै गर्दा दल र उम्मेदवारहरू जनतामाझ जाँदै आफ्नो चुनावी प्रचारप्रसारलाई तीव्र बनाउन थालेका छन् । निर्वाचन आयोगले कार्तिक १७ गतेदेखि घरदैलोलगायतका प्रचार गर्न अनुमति दिएसँगै दल र दलका उम्मेदवारहरू चुनावी घरदैलो अभियानमा व्यस्त हुन थालेका हुन् ।

काठमाडौँ क्षेत्र नम्बर ४ मा नेकपा एमालेको तर्फबाट उम्मेदवार बनेका डा. राजन भट्टराईले प्रचार तथा घरदैलोलाई तीव्रता दिएका छन् । उनले आफ्नो निर्वाचन क्षेत्रमा विभिन्न स्थानमा घरदैलो कार्यक्रम गरिरहेका हुन् ।

डा. भट्टराई गत ०७४ को निर्वाचनमा पनि एमालेको तर्फबाट उम्मेदवार थिए । ०७४ मा उनी काङ्ग्रेसका गगन थापासँग पराजित भएका थिए । अहिलेको निर्वाचनमा पनि काठमाडौँ ४ मा काङ्ग्रेस का गगन थापा र एमालेका डा. भट्टराई कै प्रतिस्पर्धा हुने देखिएको छ ।

आज काठमाडौँ ४ अन्तरगत पर्ने बुढानिलकण्ठ नगरपालिकाको वडा नम्बर १० मा एमाले उम्मेदवारहरूले घरदैलो कार्यक्रम गरेका छन् । प्रतिनिधि सभा सदस्य उम्मेदवार डा भट्टराई, बागमती प्रदेश काठमाडौँ ४ (ख)का उम्मेदवार जयराम थापासहित आज उनीहरू यश क्षेत्रका मतदातासामु भोट माग्दै घरदैलो अभियानमा निस्केका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *