बुढानिलकण्ठ क्षेत्रमा गगन थापाको घरदैलो (तस्बिरहरू)

काठमाडौँ । काठमाडौँ क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्य पदमा उम्मेदवार दिएका कांग्रेस महामन्त्री गगनकुमार थापाले आफ्नो चुनावी प्रचारप्रसारलाई तीव्रता दिएका छन् ।

सत्तारुढ गठबन्धनका तर्फबाट उम्मेदवार बनेका थापाले आज बुढानिलकण्ठ क्षेत्रमा घरदैलो कार्यक्रम शुरु गरेका हुन् । वडा नम्बर १० बालुवाखानी हलेसी मन्दिरबाट घरदैलो कार्यक्रम शुरु गरिएको छ ।

एमालेका उम्मेदवार राजन भट्टराईसँग प्रतिस्पर्धामा रहेका थापाले घरदैलो कार्यक्रममा क्रममा जनतालाई कहिल्यै निराश नबनाउने गरी आफ्नो जिम्मेवारी पूरा गर्ने प्रतिबद्धता जनाएका छन् ।

घरदैलो कार्यक्रममा प्रदेश (ख) का उम्मेदवार कुसुम कुमार कार्कीलगायत नेताहरूको सहभागिता छ । २०७० र २०७४ मा सोही क्षेत्रबाट निर्वाचित थापा यसपटक पनि चुनावी मैदानमा छन् । उम्मेदवार थापाले हिजो चाबहिल क्षेत्रमा घरदैलो गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *