केपी ओलीलाई भीम रावलको जवाफ

‘७० वर्ष कटिसकेका ओलीजी कसरी तन्नेरी हुनुभयो ?’

काठमाडौँ । एमाले नेता भीम रावलले कञ्चनपुरको चुनावी सभामा पार्टी अध्यक्ष केपी शर्मा ओलीले आफूलक्षित उत्तेजित भाषण गरेको जनाएका छन् । कञ्चनपुरको चुनावी सभामा डडेलधुरामा नेपाली कांग्रेस बीपीका उम्मेदवार कर्ण मल्ललाई एमालेले समर्थन गर्ने घोषणा गर्दैगर्दा दर्शकदीर्घाबाट ’भीम रावल, भीम रावल’ नारा लागेपछि अध्यक्ष ओली आक्रोशित बनेका थिए ।

अध्यक्ष ओलीले जवाफ दिँदै भने, ’भीम रावलको तपाईँलाई किन चिन्ता, ४८ सालदेखि एक छिन मुख खाली छैन, बूढो भइसक्नु भयो, बेकार किन भीम रावलको चिन्ता, अरूलाई पालो दिनु पर्दैन, एउटै भीम रावल, भीम रावल, केको खेती गरिराख्या भीम रावल, के भीम रावल, थुप्रै रावलहरू हुनुहुन्छ नि त सुदूरपश्चिममा थुप्रो रावलहरूलाई अगाडि बढाइन्छ ।’

रावलले प्रतिक्रिया दिँदै उक्त अभिव्यक्तिले उनीभित्र बलिरहेको क्रोध, बदला, निषेध र द्वेषपूर्ण दुर्भाव उदाङ्गो भएको जनाएका छन् । रावलले ४८ सालदेखि निरन्तर सांसद, मन्त्री, पार्टी अध्यक्ष र प्रधानमन्त्री भएका ओलीलाई पुनः किन उठेको भनेर प्रश्न गरेका छन् ।

आफूलाई बूढो नेता भन्ने ओलीले बढी उमेरका व्यक्तिलाई किन टिकट दिएको भनेर समेत रावलले प्रश्न गरेका छन्, ‘म ६७ वर्ष लागेकालाई ‘बूढो भन्ने हो भने ७० वर्ष काटिसकेका ओलीजी फेरि सांसद र प्रधानमन्त्रीका लागि कसरी तन्नेरी हुनुभयो ? म भन्दा उमेर बढी भएका अरूलाई उम्मेदवारका लागि किन सहमति दिनु भयो ?’ उनले भने ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 + 17 =