देउवाको चुनावी खर्चबारे सागर ढकालले गराए आयोगको ध्यानाकर्षण

काठमाडौँ । प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको चुनावी खर्चबारे प्रतिस्पर्धी सागर ढकालले निर्वाचन आयोगको ध्यानाकर्षण गराएका छन् ।

ढकालले शुक्रबार आयोगलाई पठाएको निवेदनमा देउवाको खर्च अनुगमन गर्न मागसमेत गरेका छन् । बिहीबार डडेलधुरामा आयोजित चुनावी सभामा प्रतिनिधि सभा सदस्यका उम्मेदवार देउवाले ४७ वटा बस प्रयोग गरी ठूलो पैमानामा खर्च गरेको ढकालको जिकिर छ ।

‘मिति २०७९ कार्तिक १७ गते डडेलधुरा बसपार्कमा प्रधानमन्त्री शेर बहादुर देउवाको प्रमुख आतिथ्यमा संयुक्त लोकतान्त्रिक गठबन्धनको चुनावी आमसभा सम्पन्न भएको छ । उक्त चुनावी आमसभाका लागि जिल्लाका विभिन्न स्थानहरूबाट स्थानीय जनताहरूलाई आउन र फर्किनका लागि ४७ वटा सवारी साधन परिचालन गरिएको छ’ ढकालले आयोगमा बुझाएको पत्रमा भनेका छन्, ‘प्रायः सुनसान हुने होटलहरुमा ह्वात्तै चहलपहल बढेको छ । जिल्लाका विभिन्न चुनावी अभियानका नाउँमा खसी काटेर भोजभतेर समेत गरिँदै छ। साथै हेलिकप्टरको प्रयोग, रिसोर्टको बुकिङ पनि गरिएको छ ।’

यसरी यस्ता कार्यक्रमहरू गर्नका लागि निकै ठूलो रकम खर्च भएको र निर्वाचन आचारसंहिता उल्लङ्घन हुने उनको जिकिर छ । प्रधानमन्त्री देउवा यतिबेला गृहजिल्लाका विभिन्न स्थानमा आयोजित चुनावी कार्यक्रममा व्यस्त छन् । ढकाल देउवाविरुद्ध डडेलधुरामा स्वतन्त्ररुपमा प्रतिनिधि सभा सदस्यमा चुनाव लड्दैछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *