डा. तोसिमाको उम्मेदवारीविरुद्ध निर्वाचन आयोग सर्वोच्चमा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीकी ललितपुर–३ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिएकी डा. तोसिमा कार्कीको उम्मेदवारीविरुद्ध निर्वाचन आयोगले सर्वोच्च अदालतमा रिट निवेदन दिएको छ । कार्कीको उम्मेदवारी खारेजीको माग आयोगले गरेको छ ।

यसअघि निर्वाचन आयोगले आफ्नो उम्मेदवारी खारेज गरिदिएपछि डा. कार्की सर्वोच्च गएकी थिइन् । सर्वोच्चले डा. कार्कीको पक्षमा अन्तरिम आदेश दिँदै हाललाई कार्कीको उम्मेदवारी कायमै राखेर निर्वाचनमा जान आयोगलाई आदेश दिएको थियो । तर, अदालतको आदेशका कतिपय व्यवस्थामा असहमती जनाउँदै आयोग पुनः कार्कीको उम्मेदवारी खारेज गराउन अदालत गएको हो ।

ललितपुर–३ बाट सत्तारुढ गठबन्धनको समर्थनमा नेकपा माओवादी केन्द्रकी नेता पम्फा भुसालले प्रतिनिधि सभा सदस्यमा उम्मेदवारी दिएकी छन् । डा. तोसिमाको उम्मेदवारी खारेज हुँदा भुसालाई भने प्रतिस्पर्धा सहज बन्ने आकलन गरिएको छ ।

सर्वोच्चले उस्तै प्रकृतिको दुई वटा मुद्दामा फरक फरक आदेश दिएको भन्दै आयोगले असहमति जनाएका छ । अदालतल रुपन्देही–२ बाट उम्मेदवार बनेका डा. कमल भुसालको उम्मेदवारी खारेज गर्ने आयोगको निर्णय सदर गरेको तर सोही प्रकृतिको डा. तोसिमाको उम्मेवारी खारेज गर्ने आयोगको निर्णय कार्यान्वयन नगर्न आदेश दिएको आयोगको भनाइ छ । डा. कार्की र भुसाल दुबैले लाभको पदमा रही सरकारी सुविधा लिएको आयोगको भनाइ छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *