निहारिकाका छोराको डीएनए शिवराजसँग मिल्यो

काठमाडौँ । निहारिका राजपुतका छोराको डिएनए प्रतिवादी शिवराज श्रेष्ठसँग मिलेको छ । शिवराज श्रेष्ठले आफूलाई बलात्कार गरेपछि छोराको जन्म भएको आरोप लगाउँदै निहारिका राजपुतले आफ्नो छोरा र शिवराजको डिएनए परीक्षण गर्न माग गर्दै उच्च अदालत जनकपुरमा मुद्दा हालेकी थिइन् । अदालतले डीएनए जाँचको माग सान्दर्भिक रहेको भन्दै दुबै पक्षलाई डिएनए जानका गराउन आदेश दिएको थियो ।
राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा गरिएको परीक्षणमा बच्चा र शिवराजको डिएनए मिलेको रिपोर्ट आएको छ ।

उक्त डीएनए परीक्ष प्रतिवेदन अदालतमा पेश गर्न उच्च अदालतले दिएको आदेश अनुसार रिपोर्ट अदालतमा पेश गरिएको छ ।

निहारिका राजपुतले आफूलाई अन्याय भएको भन्दै काठमाडौँको माइतीघरमा धर्ना बस्ने, आत्मदाहको प्रयास गर्ने जस्ता विरोध र प्रर्दशन गर्दै आएकी थिइन् ।

सोही मुद्दामा ३१ साउनमा पक्राउ परेका शविराज श्रेष्ठ भने जिल्ला प्रहरी कार्यालय धनुषामा २४ दिन हिरासतमा बसेर १ हजार धरौटीमा रिहा भएका थिए । त्यसपछि उच्च अदालतको आदेश अनुसार उनले डिएनए परीक्षण गराउन दिएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *