बलात्कार मुद्दामा सन्दीपविरुद्धको थुनछेक बहस सकियो, केहीबेरमा आदेश आउने
२०७९ कार्तिक १८ गते

फाइल फाेटाे
काठमाडौँ । नाबालिग बालिकालाई बलात्कार गरेको अभियोगमा पक्राउ परेका क्रिकेटर सन्दीप लामिछानेविरुद्धको थुनछेक बहस शुक्रबार सकिएको छ ।
गत मंगलबारदेखि काठमाडौँ जिल्ला अदालतमा न्यायाधीश माधनवप्रसाद घिमिरेको इजलासमा जारी बहस सकिएको हो ।
अब उनीविरुद्ध थुनछेक आदेश आउन भने बाँकी छ ।
क्रिकेटर लामिछानेविरुद्ध परेको मुद्दाको जिल्ला न्यायाधीवक्ता कृष्णा भण्डारी र निजी वकिल शान्ति रिसाल काफ्लेले बहस गरेका थिए ।
हाल अदालतले उक्त मुद्दाको आदेश तयारी गरिरहेको र आरोपी लामिछानेलाई छाड्ने कि थुनामा पठाउने भन्ने निर्णय आजै हुने भएको छ ।
१७ वर्षीया किशोरीलाई बलात्कार गरेको अभियोगमा लामिछानेविरुद्ध प्रहरीले १४ कात्तिकमा मुद्दा दायर गरेको थियो ।
२०७९ कार्तिक १८ गते
प्रतिक्रिया
सम्बन्धित









