सुर्खेतलाई आधुनिक सहर बनाउने नेता कँडेलको प्रतिबद्धता

सुर्खेत । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतलाई सुरक्षित, आधुनिक र व्यवस्थित सहर बनाउने नेकपा एमाले कर्णाली प्रदेश इन्चार्ज यामलाल कँडेलले प्रतिबद्धता व्यक्त गरेका छन् ।

शुक्रबार चुनावी प्रतिबद्धता सार्वजनिक गर्दै नेकपा एमालेबाट सुर्खेत क्षेत्र नम्बर २ प्रदेशसभा ‘क’ बाट उम्मेदवार बनेका नेता कँडेलले सुर्खेत विमानस्थलको स्तर उन्नति गरी प्रदेश राजधानी सुर्खेतबाट कर्णालीका हिमाली जिल्लाहरूमा उडानका लागि आवश्यक पहल गर्ने प्रतिबद्धता पनि व्यक्त गरेका छन् ।

यस्तै उनले वीरेन्द्रनगरमा विद्यमान समस्याको रूपमा रहेको खानेपानी र विद्युतको दीर्घकालीन समाधान गर्ने प्रतिबद्धतामा उल्लेख गरेका छन् । १३२ केभी विद्युत प्रसारण लाइन विस्तार योजनालाई समयमै सम्पन्न गर्न पहल गर्ने र प्रस्तावित भेरी पम्पीङ आयोजनालाई समयमै सम्पन्न गर्न पहल गरी खानेपानी समस्यालाई समाधान गर्ने नेता कँडेलले बताए ।

कोहलपुर–सुर्खेत सडकखण्डलाई फोरलेनको रूपमा स्तर उन्नति गर्ने र कर्णाली प्रदेश रंगशाला निमार्णको काम समयमै सम्पन्न गर्ने चुनावी प्रतिबद्धता सार्वजनिक गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *