निर्वाचन २०७९

भृकुटीमण्डपमा पहिलो पटक उम्मेदवार मेला (तस्बिरहरु)

काठमाडौँ । भूगोलपार्क डट कम नामक संस्थाले बुधबार काठमाडौँको भृकुटीमण्डपमा पहिलो पटक उम्मेदवार मेला कार्यक्रमको आयोजना गरेको छ ।

काठमाडौँ उपत्यकाको १५ वटा संघीय निर्वाचन क्षेत्रसहित प्रदेशको ३० वटै क्षेत्रमा विभिन्न राजनीतिक दल र स्वतन्त्र उम्मेदवारी दिएका उम्मेदवारलाइ एकै ठाउँमा भेला गराएर मतदातासँग साक्षात्कार गर्ने उदेश्यले कार्यक्रमको आयोजना गरेको आयोजक संस्थाले बताएको छ ।

यो समाचार तयार पार्दासम्म स्वतन्त्र र केही सानादलका उम्मेदवार बाहेक मुख्य राजनैतिक दलका उम्मेदवारहरु मेलामा सहभागी भएका छैनन् । आयोजकका अनुसार मुख्य राजनीतिक दलका उम्मेदवारहरु पनि आउने तर समय यकिन भने नभएको बताइएको छ ।

आयोजक सिमोन ढुंगाना भन्छन्, ‘हामीले प्रमुख दलका उम्मेदवारहरुलाइ पनि बोलाएका छौँ, उहाँहरुले आउँछाैँ भन्नुभएको छ । तर समय भन्ने यकिन गर्नु भएको छैन ।’

उम्मेदवार मेला बुधबार बिहान १० बजेदेखि साँझ ५ बजे सम्म चल्ने जनाइएकाे छ ।

मेलाका केही तस्बिरहरु

  

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *