समूह विजेता बन्दै नकआउट चरणमा टोटनह्याम
२०७९ कार्तिक १६ गते

काठमाडौँ । टोटनह्याम युईएफए च्याम्पियन्स लिगको राउण्ड १६ मा प्रवेश गरेको छ । गएराती सम्पन्न खेलमा फ्रेन्च क्लब मार्सेलीलाइ २-१ गोल अन्तरले पराजित गर्दै टोटनह्यामले राउण्ड १६ मा आफ्नो स्थान सुरक्षित गरेको हो ।
टोटनह्यामको जितमा पिएरे होजजेर्ग र क्लेमेन्ट लेंगलेटले एक एक गोल गरेका थिए । होजजेर्गले खेलको ९५औँ मिनेटमा निर्णायक गोल गर्दै टोटनह्यामलाइ महत्त्वपूर्ण जित दिलाएका थिए ।
त्यस्तै मार्सेलीका लागि एक गोल चान्सेल एम्बेम्बाले एक गोल गरेका थिए । यो जितपछि टोटनह्यामको ६ खेलमा ११ अंक भएको छ र समूह डी मा शीर्ष स्थानमा रहँदै नकआउट चरणमा पुगेको छ ।
त्यस्तै समूह डी बाट एनट्रान्च फ्रान्कफर्टले स्पोर्टिंग सिपिलाइ २-१ गोल अन्तरले पराजित गर्दै नकआउट चरणमा पुगेको छ । फ्रान्कफर्ट समूहमा ६ खेलमा १० अंकसहित दोस्रो हुँदै नकआउट चरणमा पुगेको हो ।
२०७९ कार्तिक १६ गते
प्रतिक्रिया
सम्बन्धित








