प्रचण्डले भने– म प्रधानमन्त्री, सुरेन्द्रजी मुख्यमन्त्री

पोखरा । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा गोरखा- २ का प्रतिनिधिसभा सदस्य उम्मेदवार पुष्पकमल दाहाल प्रचण्डले आफू प्रधानमन्त्री बन्ने तयारीमा रहेको बताएका छन् ।

अगुवा नेता कार्यकर्तालाई सम्बोधन गर्दै उनले तालमेल मिल्यो भने आफू प्रधानमन्त्री बन्ने अवस्थामा रहेको बताएका हुन् । यस्तै, उनले सोही क्षेत्रको (ख) बाट उम्मेदवार बनेका सुरेन्द्र पाण्डे मुख्यमन्त्री बन्ने पक्का भएको बताए ।

‘शेरबहादुर जी र म बीचमा कुरा भयो । सुरेन्द्र जी प्रदेशमा जान तयार हुनुभयो । उहाँलाई मुख्यमन्त्री बनाउन सल्लाह भैसकेको छ । उहाँ मुख्यमन्त्री बन्ने नजिकै हुनुहुन्छ,’ उनले भने, ‘तालमेल मिल्यो भने म पनि देशको नेतृत्व गर्न पाउने अवस्थामा छु । त्यसो भयो भने २ नम्बर त बडो भाग्यमानी क्षेत्र हुने भयो ।’

प्रधानमन्त्री र मुख्यमन्त्री एउटै क्षेत्रको हुँदा विकासले काँचुली फेर्ने प्रचण्डको भनाइ छ । सबै बाटो पीच गर्ने दाबी प्रचण्डले गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − nine =