घोषणापत्र सार्वजनिक गर्दा एमालेको लाइभ डिबेट : नेपाली इतिहासमै नौलो प्रयोग

काठमाडौँ । नेकपा एमालेले पार्टीको घोषणापत्र सार्वजनिक कार्यक्रममा लाइभ डिबेट सञ्चालन गरेको छ । घोषणापत्र सार्वजनिक कार्यक्रममा लाइभ डिबेट नेपालको इतिहासमा नौलो प्रयोग भएको हो । घोषणापत्र सार्वजनिक कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग नेपाली जनताले लाइभ डिबेट गरेका थिए । विभिन्न प्रश्नहरू गरेर अध्यक्ष ओलीसँग नेपाली जनताले जवाफ मागेका थिए ।

ओलीसँग जनताले समृद्ध नेपाल र सुखी नेपाली कसरी ल्याउन सकिन्छ, मंसिर ४ गतेको चुनावमा सूर्य चिन्हमा नै भोट किन ? करिब दुई तिहाईका नेकपाको सरकार कसरी फुट्यो ? किन संसद विघटन नेपर्नुपर्ने अवस्था आयो ? लगायतका प्रश्न गरेर जनताले अध्यक्ष ओलीसँग जवाफ मागेका थिए ।

ओलीले प्रतिनिधिसभा विघटन बाध्यात्मक भएको स्पष्टीकरण दिएका थिए । प्रधानमन्त्रीलाई पाँच वर्षे कार्यकाल पूरा गर्न नदिने र आफूलाई सडकबाटै कारबाही गर्ने अराजक काम भएपछि बाध्यात्मक अवस्थामा प्रतिनिधिसभा विघटन गरेको अध्यक्ष ओलीको भनाइ थियो ।

ओलीले आउँदो निर्वाचनपछि एमालेको सरकार बन्ने दाबीसमेत गरेका थिए । उनले एमाले विरोधी पार्टीहरूको लागि खतरा भएको बताए ।

अध्यक्ष ओलीले भने, ‘मंसिर ४ पछि एमालेको सरकार बन्छ, अहिलेको गठबन्धन सत्तामा जान पाउँदैन, अनि उनीहरूको लागि एमाले खतरा बन्यो ।’

अध्यक्ष ओलीले षड्यन्त्रमूलक ढंगबाट विस्थापित गरिएको जनमतलाई पुनर्स्थापित गर्ने मौका भन्दै एमालेलाई बहुमत दिन नेपाली मतदातालाई आग्रह गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *