काठमाडौँको न्युरोडमा एक पुरुषको शव भेटियो, हत्याको आशंका

काठमाडौँ । काठमाडौंको न्युरोडमा एक जना पुरुषको शव भेटिएको छ । टाउकोमा चोट लागेको हुनाले उनको हत्या भएको आंशका प्रहरीले गरेको छ । यद्यपी प्रहरीले अनुसन्धान भइरहेको जनाएको छ ।

काठमाडौँका एसपी दिनेशराज मैनालीका अनुसार न्यूरोडको जुद्ध शालिक नजिकको मन्दिरभित्र अन्दाजी ५५/५६ वर्षका पुरुषको शव फेला परेको हो ।

टाउकोमा गम्भीर चोट देखिएको हुनाले हत्याको आशंकामा अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ । शवको सनाखत हुन सकेको छैन । सोही क्षेत्रमा मजदुरी गर्दै आएका व्यक्तिको शव भेटिएको प्रहरीले ठहर गरेको छ । घटनास्थलमा लामो काठ पनि फेला परेको प्रहरीको भनाइ छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − three =