मंसिर चार, एमाले सरकार : ओली

काठमाडौँ । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले मंसिर चारपछि एमालेको सरकार आउने दावी गरेका छन् । पार्टीको घोषणापत्र सार्वजनिक कार्यक्रममा बैंकर अनिलकेशरी शाहसँगको डिबेट कार्यक्रममा अध्यक्ष ओलीले कार्यान्वयनको लागि घोषणापत्र ल्याएको बताए ।

उनले भने, ‘एमालेको घोषणापत्र बिलाएर जाने होइन, घाममा राखेको बरफको डल्लो होइन, घोषणापत्रमा ल्याएको २० ग्यारेन्टीको भुक्तानी गरेर छोड्छौँ ।’

उनले जसरी नोट च्यातिए राष्ट्रबैंकले भुक्तानीको ग्यारेन्टी गर्छ, त्यसरी नै पाँच वर्षमा एमालेले ल्याएको २० वटा ग्यारेन्टी भुक्तानी अवश्य गर्ने बताए । ‘यो घोषणापत्रको पानामात्र होइन, यसको हरेक ग्यारेन्टी गर्छ । जनताल भुक्तानी माग्न सक्नुहुन्छ, हामी दिन्छौँ, एमालेले दिन्छ ।’

लाइभ डिबेटमा अध्यक्ष ओलीले भने, ‘ हाम्रो कमिन्टमेन्ट एक्सनको लागि हो । यो निरर्थक कुरा मात्र होइन, ग्यारेन्टीपत्र हो । कागजको खोस्टो होइन । विकासको एजेण्डा हो, अवश्य गर्छौ, जनतालाई विकासको भुक्तानी गरेर दिन्छौँ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 − 1 =