एमालेले चुनावी घाेषणापत्र बुधबार सार्वजनिक गर्ने
२०७९ कार्तिक १४ गते

काठमाडाैँ । नेकपा (एमाले)को चुनावी घोषणापत्र बुधबार सार्वजनिक गरिने भएको छ ।
बुधबार दिउँसो साढे एक बजे होटल याक एन्ड यतीमा घोषणापत्र सार्वजनिक गर्ने तय भएको एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए ।
उनका अनुसार घोषणपत्र सार्वजनिकसँगै अध्यक्ष केपी शर्मा ओलीसँग ‘लाइभ डिबेट’ पनि हुनेछ ।
२०७९ कार्तिक १४ गते
प्रतिक्रिया
सम्बन्धित









