आयोगको निर्णयविरुद्ध अदातल जाँदै डा. तोसिमा (तस्बिरहरु)

काठमाडौँ । ललितपुर क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार रहेकी डा. तोसिमा कार्कीले आज माइतीघर मण्डलामा शान्तीपुर्ण भेला गर्दै निर्वाचन आयोगको निर्णय विरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता गर्ने बताएकी छिन् ।

निर्वाचन आयोगले गत शनिबार कार्की उम्मेदवार हुन अयोग्य रहेको विज्ञप्ति निकाल्दै उनको उम्मेदवारी खारेज गरिदिएको थियो । सार्वजनिक पदमा बसेर लाभ लिइरहेका व्यक्तिले राजीनामा नदिई उम्मेदवारी दिएको भन्दै आयोगले कार्कीको उम्मेदवारी खारेज गरेको हो । कार्की नेपाल मेडिकल काउन्सिलकी निर्वाचित सदस्य हुन् ।

आफूले गत भदौ २८ मा पत्र लेखेर काउन्सिलको सदस्य पद लाभको पद हो वा होइन भन्नेबारे आयोगलाई सोधेको पनि उनले बताइन् ।

डा. कार्कीका अनुसार आज रिट दर्ता भएसी उनको पक्षमा बरिस्ठ अधिबक्ताहरु भिमार्जुन आचार्य, दिनेश त्रिपाठी लगायतले बहस गर्नेछन् ।

तस्बिरहरु:

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *