विजय गच्छदारलाई कांग्रेसले टिकट दिएकोमा ग्लानी छैन : सहमहामन्त्री परियार

काठमाडौँ । नेपाली कांग्रेसका सहमहामन्त्री जीवन परियारले विजयकुमार गच्छदारलाई टिकट दिएकोमा कुनै ग्लानि नरहेको बताएका छन् ।

सहमहामन्त्री परियारले भने, ‘नेकपाको उन्मत्त सरकार थियो त्यतिबेला, नेकपाले नेपाली कांग्रेसका नेता छानीछानी राजनीतिक प्रतिशोध साध्ने किसिमले केही मान्छेलाई भ्रष्टाचार मुद्दा अगाडि बढाएको थियो’ ।

सहमहामन्त्री परियारले नेता गच्छदारले बालुवाटार जग्गा प्रकरणमा मन्त्रिपरिषदमा प्रस्ताव पेश मात्र गरेकाले निर्दोष रहेको दावी गरे ।

‘वास्तवमा भन्दा बालुवाटार काण्डमा उहाँले प्रस्ताव मात्र लैजानुभएको थियो । अख्तियारले मन्त्रीलाई मुद्दा चलाउने, क्याबिनेटका अरुलाई कुनै मुद्दा नचलाउने, यो खालको प्रतिशोधपूर्ण मुद्दा चलाएको कांग्रेस केन्द्रीय कार्यसमितिको ठहर पनि थियो’ उनले भने ।

गच्छदारमाथि विशेष अदालतमा मुद्दा विचाराधीन भए पनि दोषी प्रमाणित नभएको भन्दै सहमहामन्त्री परियारले उनलाई अदालतले निर्दोष ठहर गर्न सक्ने बताए ।

बालुवाटारको सरकारी जग्गा व्यक्तिको नाममा नामसारी गरेको प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन भौतिक पूर्वाधारमन्त्री गच्छदारविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो । विशेष अदालतले गच्छदारलाई धरौटीमा छाडेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × two =