मुख्यमन्त्री हुँदा शेरधनले भोजपुरमा गरेका कामको श्वेतपत्र सार्वजनिक ‍(पत्रसहित)

विराटनगर । नेकपा एमालेका स्थायीकमिटी सदस्य एवम् भोजपुर प्रतिनिधि सभा सदस्यका उम्मेदवार शेरधन राईले प्रदेश नं १ को मुख्यमन्त्री हुँदा भोजपुर जिल्लामा गरेका कामहरु समेटेर श्वेतपत्र सार्वजनिक गरेका छन् ।

भोजपुरको हतुवागढी, घोरेटारमा एक कार्यक्रमको आयोजना गरेर उक्तश्वेत पत्र सार्वजनिक गरे । ३ वर्ष ६ महिना ७ दिन प्रदेश नं १ को संस्थापक मुख्यमन्त्री रहँदा राईले आफ्ने गृह जिल्ला भोजपुरको विकास निर्माणका गरेका कामहरु श्वेतपत्रमा उल्लेख गरेको बताएका छन् । श्वेतपत्रमा सडक, पुल, खानेपानी, सिचाइ, भवन, पर्यटन, शिक्षा, खेलकुद लगायतका कार्यक्रमहरु र बजेट समेत समावेश गरेर सार्वजनिक गरिएको छ ।

राई २०७४ फागुन २ गते प्रदेश नं १ को मुख्यमन्त्री नियुक्त भएका थिए । २०७८ भदौ १० गते राईले राजिनामा दिँदै एमालेकै नेताभीम प्रसाद आचार्यलाई सत्ता हस्तान्तरण गरेका थिए । आगामी मंसिर ४ गते हुन लागेको प्रतिनिधिसभा सदस्य र प्रदेश सभा सदस्यको निर्वाचनमा राई नेकपा एमालेको तर्फबाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार छन् ।

त्यस्तै, प्रदेश सभातर्फ प्रदेश सभा क्षेत्र नं १ मा हरिबहादुर राई र २ माखड्गबहादुर प्रेम कार्की उम्मेदवार भएका छन् । भोजपुरबाट सत्ता गठबन्धनले नेकपा माओवादीका सुदन किराँतीलाई प्रतिनिधिसभामा उम्मेदवार बनाएको छ। त्यस्तै प्रदेश तर्फ बहालवाला मुख्यमन्त्री राजेन्द्र राई भोजपुर क्षेत्र १ र नेपाली कांग्रेसका विनोद वान्तवा भोजपुर क्षेत्र २ बाट उम्मेदवार बनेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 − 4 =