निर्वाचन पछि प्रधानमन्त्री प्रचण्ड, मुख्यमन्त्री पाण्डे : बाबुराम भट्टराई

गोरखा । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले आगामी निर्वाचन पछि माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड प्रधानमन्त्री बन्ने बताएका छन् ।
त्यस्तै, भट्टराइले नेपाली कांग्रेसका नेता सुरेन्द्रराज पाण्डे बन्ने बताएका छन् ।
गोरखामा आइतबार आयोजित चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै भट्टराईले उक्त कुरा बताएका हुन् ।
भट्टराइले मुख्यमन्त्री भने नेपाली कांग्रेसका नेता सुरेन्द्रराज पाण्डे बन्ने बताए ।
गोरखा क्षेत्र नम्बर २ बाट निर्वाचित जनप्रतिनिधि आगामी निर्वाचन पछि प्रधानमन्त्री र मुख्यमन्त्री बन्ने अनि जिल्लाको विकास पनि हुने बताउदै भट्टराइ भन्छन् ‘यहाँ कसैले अन्यथा नमान्नु होला, कमरेड प्रचण्ड भोलिको प्रधानमन्त्री र सुरेन्द्रराज पाण्डे भोलिको मुख्यमन्त्री हुनुहुनेछ, यही क्षेत्रले प्रधानमन्त्री पनि मुख्यमन्त्री पनि पाइसकेपछि हाम्रो विकासको सपना कसरी पूरा नहोलान् ?’
गोरखा क्षेत्र नं. २ बाट माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड प्रतिनिधि सभा सदस्य उम्मेदवार र सुरेन्द्र पाण्डे प्रदेश सभा सदस्य उम्मेदवार रहेका छन् ।









