महामन्त्री शर्माले भने, ‘नेपाली काँग्रेसकै नेतृत्वमा अबको सरकार बन्छ’

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टीको घोषणापत्रमा समावेशीताको अनुहारलाई समावेश गरिएको बताएका छन् ।  उनले अबको ५ वर्ष नेपाली काँग्रेसकै नेतृत्वमा अबको सरकार बन्ने पनि बताए ।

शनिबार पार्टी केन्द्रिय कार्यालयमा आयोजित निर्वाचन घोषणा पत्र सार्वजनिक कार्यक्रममा बोल्दै उनले नेपाली कांग्रेसको घोषणापत्रमा समाज, संविधान रक्षा, स्थिरता र समुन्नतीको आधारलाई विशेष जोड दिएको बताएका हुन् ।

‘निरन्तरतामा नविनता हामीले भनेका छौँ । आज घोषणापत्र सार्वजनिक हुँदै गर्दा समाज, संविधान रक्षा, स्थिरता र समुन्नतीको आधार, नेपाली काँग्रेसकै नेतृत्वमा अबको सरकार भन्ने नारा हमीले घोषणा पत्रसँगै सार्वजनिक गरेका छौँ,’ शर्माले भने, ‘घोषणापत्र लेख्दै गर्दा पार्टीको नेतृत्व पंक्ति सहभागी हुने कुराको अलावा विषय विज्ञ साथीहरु, नेपाली समाजको विविधतालाई पनि प्रतिनिधित्व गराउने प्रयत्न गरेका छौँ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − thirteen =