एमाले एक्लैले बहुमत ल्याएपनि सहयात्री दलहरुको साथ छाडिन्न : ओली(भिडिओ)

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनपछि आफूलाई साथ दिने दलहरुको साथ नछाड्ने बताएका छन् । उनले निर्वाचनमा एमाले एक्लैले बहुमत ल्याए पनि सहयात्री दलहरुको साथ नछोड्ने जिकिर गरे ।
गृहजिल्ला झापाको क्षेत्र नम्बर ३ मा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनका लागि भोट माग्ने क्रममा ओलीले एमालेका साथमा रहेकाहरु राष्ट्रिय पार्टी बन्ने र सरकारमा जाने दाबी गरे ।
उनले आफूलाई साथ दिने राप्रपा र जसपालाई मिलाएर सरकारमा एमाले सहभागी हुने बताए । उनले भने, ‘यसपालि राप्रपा एमालेको साथमा दह्रोसँग लागेको छ । त्यसैले राष्ट्रिय पार्टीका रुपमा राप्रपा आउँछ, राजेन्द्र लिङ्देन एक्लो हुँदैन । एमालेको साथमा राप्रपा लागिसक्यो, लागेपछि राष्ट्रिय पार्टी भइयो ।’ उनले माधव नेपालको पार्टीको भने कुनै सम्भावना नरहेको पनि बताए ।
माधव नेपालको कन्तबिजोक हुनेवाला छ, तुरुन्त उसको साथ छाड्नुस : केपी ओली #makalukhabar pic.twitter.com/uBbTj6Ep5l
— Makalu Khabar (@makalukhabar) October 28, 2022








