ओली चार दिन आफ्नो निर्वाचन क्षेत्र झापा दमकमा व्यस्त

काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली चार दिनसम्म झापामा रहने भएका छन् । आगामी ४ मंसिरको निर्वाचनको तयारीका लागि अध्यक्ष ओली चार दिनसम्म झापामा रहने भएका हुन् । जसअनुसार आफनो निर्वाचन क्षेत्रसहितका १३ वटा स्थानीय तहमा ओलीले सहभागिता जनाउने कार्यक्रम रहेको छ ।

आजै अध्यक्ष ओलीले आजै क्षेत्र नं ५ को दमकमा आयोजना हुने दुई वटा भेटघाट तथा भेलालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । यसैगरी अध्यक्ष ओलीले अपरान्ह ४ बजे क्याम्पस मोडमा दमकस्थित पशुपति मन्दिरमा वडा नं ६ र ७ का मतदाताहरुसँग अन्तरक्रिया र सम्बोधन गर्नेछन् ।

उता १४ कात्तिक विहान ११ बजे कमल गाउँपालिकाको क्याम्पा बजारमा आयोजना हुने भेलालाई सम्बोधन गरेर अध्यक्ष ओली काठमाडौं फर्कने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *