निर्वाचनमा एमाले एक्लैको बहुमत ल्याउँछ : विष्णु पौडेल

काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले आगामी प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा आफ्नो पार्टी एक्लैले बहुमत ल्याउने दाबी गरेका छन्। सबै निर्वाचन क्षेत्रको जानकारी लिने काम आफूले गरिरहेको भन्दै उपाध्यक्ष पौडेलले यस्तो प्रतिक्रिया दिएकाहुन्।

उनले सत्तारुढ गठबन्धनले मुलुकको समस्या मात्रै श्रृजना गर्ने जनताको ठम्याइ रहेको भन्दै आफ्नो पार्टी एक्लैले बहुमत ल्याउने बताए। सत्तारुढ गठबन्धनको काम हेरेर आम मतदाताले उनीहरुलाई अब सरकारको नेतृत्व दिन सकिँदैन भन्ने अनुभुति गरेको पनि उपाध्यक्ष पौडेलले बताए।

अन्य सहयात्री दलहरुको सहयोगमा एमालेले सुविधाजनक बहुमतसहितको सरकार बनाएर आगामी पाँच वर्ष मुलुक हाँक्ने उनको भनाइ थियो।

‘एमाले आगामी निर्वाचनबाट पाँच वर्षका लागि जनादेश प्राप्त शक्तिका रुपमा सरकारको नेतृत्व गर्ने शक्तिका रुपमा उदाउने छ भन्ने मेरो अटल विश्वास छ। गठबन्धन र यो गठबन्धनका प्रभावहरु, यसका काम कारबाहीका प्रभावहरुले आम मानिसहरुलाई यो गठबन्धनलाई मुलुकको नेतृत्व दिन सकिँदैन भन्ने त्यो अनुभुति दिएको छु, रुपन्देही क्षेत्र नम्बर २ का प्रतिनिधि सभाका उम्मेदवार उनले भने, ु मैले आफैं पनि प्रत्येक निर्वाचन क्षेत्रको स्थिति जानकारी लिने गर्छु। मैले १६५ निर्वाचन क्षेत्र र समानुपातिकतर्फको कुरा गर्दा हामी प्रत्यक्ष र समानुपातिक दुवैतर्फ साधारण बहुमत ल्याउने स्थितिमा छौँ।’

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 + 20 =