ट्यांकरले मोटरसाइकललाई ठक्कर दिँदा बाबुको मृत्यु, छोरी घाइते

चितवन । चितवनको रत्ननगरमा ट्यांकरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । रत्ननगर नगरपालिका ९ पेट्रोल पम्प अगाडि पूर्व पश्चिम राजमार्गमा ना८ख २५५५ नं तेल ट्याङकरले (लोड) सोही दिशा तर्फ जाँदै गरेको ना ३५ प ८७५६ नं को मोटरसाइकललाई आज साँझ ठक्कर दिएको थियो ।

ट्यांकर र मोटरसाइकल दुवै सवारीसाधन पूर्वबाट पश्चिम जाँदै गरेका थिए । ठक्करबाट मोटरसाइकल चालक झापा घर भई हाल मकवानपुर हेटौडा ११ सरस्वती टोल बस्ने वर्ष २६ को सुमन लुइँटेलको घटनास्थलमै मृत्यु भएको चितवन प्रहरीले जनाएको छ ।

मोटरसाइकलका पछाडि बसेकी सुमनकै ९ वर्षकी छोरी सोभानी लुइँटेल घाइते भएकी छन् । हातमा सामान्य चोट लागेको उनको नयाँ मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ । ट्याङकरसहित चालक बारा जितपुर उपमहानगर २४ बस्ने वर्ष २८ को अलिमहमद देवानलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen + 20 =