डाक्टर कुटिएपछि दोषीलाई कारबाही माग गर्दै आन्दोलनको घोषणा

पोखरा । गोरखा अस्पतालका डाक्टर अविनाश पराजुलीमाथी कुटपिट गर्नेलाई कारबाहीको माग गर्दै आन्दोलन घोषणा गरिएको छ । जिल्ला अस्पताल गोरखाले असुरक्षाका साथ काम गर्न नसक्ने भन्दै दोषीमाथी कारबाहीको माग गरेको हो ।

कर्मचारीहरुले कारबाही नहुँदासम्म चरणबद्ध आन्दोलन गर्ने बताएका छन् । अस्पतालका कर्मचारीहरुले जारी गरेको बिज्ञप्तीमा चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीलाई सुरक्षाको प्रत्याभुति दिलाउन अपिल गरिएको छ ।

आईतवार तीन जना युवाहरुले ढोका थुनेर डाक्टर कुटेका थिए । थाइराइडको जाँच गराउन आएकी महिलाको रिपोर्टबारे आपत्ति जनाउँदै उनीहरुले हातपात गरेका हुन् ।
अस्पताल बिकास समितिका अध्यक्ष लालप्रसाद श्रेष्ठले उक्त घटनाले कर्मचारी र चिकित्सकको मनोवल गिरेको बताए । समितिले पनि कुटपिटमा संलग्नलाई तत्काल पक्राउ गरी कारवाही गर्न प्रहरीमा उजुरी दिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen + two =