झिलिमिली बत्ती जोड्दा करेन्ट लागेर दुईको मृत्यु

जनकपुरधाम । आज दीपावलीकै दिन जनकपुरधाममा करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जनकपुरधाम उपमहानगरपालिका २२ बसबिट्टीका १९ वर्षीय अमित मिश्र र वडा नम्बर ९ का सुभाष यादवका १४ वर्षीय छोरा शिवराज यादव रहेका छन् ।

घरमा झिलिमिली बत्ती जोड्ने क्रममै उनी दुवै जनालाई आफ्नै घरमा करेन्ट लागेको थियो । मिश्रलाई आज मध्यान्ह १२ बजे र बालक यादवलाई बिहान ७ बजे करेन्ट लागेको र उपचारका लागि प्रादेशिक अस्पताल लगिएपछि मृत्यु भएको प्रहरीले जनाएको छ ।

दीपावलीमा घर उज्यालो र रंगीन बनाउन झिलिमिली बत्ती जडान गर्ने गरिन्छ । तर सतर्कता नअपनाउँदा मानिसहरूले ज्यान गुमाउनु परेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *