लक्ष्मीपूजाका लागि किनमेल गर्नेहरुको जनकपुरधाममा घुइँचो

जनकपुरधाम । आज तिहारको तेस्रो दिन, धनधान्यकी देवी लक्ष्मीको पूजा आराधनाका लागि किनमेल गर्नेहरुको जनकपुरधाम बजार क्षेत्रमा जताततै भीडभाड देखिएको छ ।

लक्ष्मी पूजाका लागि विशेषगरी पूजा सामग्री, लत्ताकपडा, रंगीचंगी इलेक्ट्रिक लाइट लगायतका समानहरु किनमेल गर्नेहरुको बजारमा घुइँचो देखिन्छन् । बजारमा मूर्ति बेच्नका लागि राखेको पसलले जनकपुरधाम रंगिन बनेको छ । फूलको माला पनि जताततै विक्री गर्न सजाएर राखिएको छ ।

विगतका वर्षहरुको तुलनामा यसवर्ष लक्ष्मी पूजाको अवसरमा बजारमा विभिन्न समानहरुको खरिद विक्री बढेको छ । फूलको माला, मिठाई, पूजा सामग्री, लत्ताकपडा खरिद गर्नेहरुको भिड लागेकाले व्यावसायीहरु खुशी देखिन्छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *