सत्ता गठबन्धनको प्रदेशस्तरिय अन्तिम भेला आज काठमाडौँमा

काठमाडौँ । सत्ता गठबन्धनले प्रदेशस्तरिय अन्तिम भेला आज काठमाडौँमा गर्ने छ । सत्तारुढ पाँच दलीय गठबन्धनले प्रदेशस्तरिय अन्तिम भेला आज गर्न लागेको हो ।

गठबन्धनले सार्वजनिक गरेको तालिका अनुसार अन्तिम भेला आज काठमाडौँमा हुँदैछ। आसन्न निर्वाचनलाई लक्षित गरेर गत ४ कात्तिकबाट सुरू भएको सत्ता गठबन्धनको संयुक्त भेला ६ वटा प्रदेशमा सकिसकेको छ।

गठबन्धनले ‘संविधानको रक्षा, स्थिरता र समृद्धिका लागि गठबन्धन’ नाराका साथ सातै प्रदेशमा संयुक्त कार्यकर्ता भेला आयोजना गरेको हो ।

गठबन्धनले नेकपा एकीकृत समाजवादीको समन्वयमा पहिलो दिन गण्डकी प्रदेशको पोखरा र नेपाली कांग्रेसको समन्वयमा लुम्बिनी प्रदेशको बुटवलमा संयुक्त भेला गरेको थियो।

कार्तिक ५ गते कांग्रेसको समन्वयमा प्रदेश १ को विराटनगर र मधेस प्रदेशको जनकपुरमा संयुक्त भेला भएको थियो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × two =