तिहारमय असन–इन्द्रचोक : खचाखच ग्राहक, चम्किँदाे व्यापार (तस्बिरहरु)

काठमाडौँ । नेपालीहरुको रमाइलाे पर्व तिहार सुरु भएसँगै काठमाडौँको पुरानो बजार, असन-इन्द्रचोकमा अहिले भिड बढेको छ । तिहारका लागि आवश्यक सामानको किनमेल गर्ने सर्वसाधारणको भिडले अहिले असन-इन्द्रचोक भरिभराउ भएको छ ।

भाइ मसला, फूलमाला, रातोमाटो, बिमिरो, सप्तरंगी टीकालगायतका सबै सामान एकै ठाउँमा पाइने भएकाले पनि यो क्षेत्रमा सर्वसाधारणको भिड बढ्ने गरेको हो ।  यस क्षेत्रमा ‘नुनदेखि सुनसम्म’ सबै एकैठाउँमा पाइने बजारका रूपमा परिचित असन इन्द्रचाेकमा हरेक सामानका लागि मानिस जाने पुरानाे प्रचल हाे ।

पछिल्लाे समय माेटरसाइकललगायत सवारी साधन र मानिसकाे हुल एकै ठाउँमा हुँदा व्यापारी र ग्राहक दुवै पक्षले सास्ती झेलेर खरिद–बिक्री गर्नु परिरहेकाे दृष्ट देख्न पाइन्छ ।

तस्विरहरु :

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *