भोटै नहाल्न पाइने र नालायक प्रतिनिधिलाई फिर्ता बोलाउने अधिकार जनतालाई हुनुपर्छ : बाबुराम

काठमाडौँ । नेपाल समाजवादी पार्टी(नेसपा)का अध्यक्ष डा. बाबुराम भट्टराईले प्रतिस्पर्धामा रहेका उम्मेद्बार कुनै पनि योग्य नलागेको अवस्थामा भोटै नहाल्न पाइने अधिकार (राइट टु रिजेक्ट) जनतालाई हुनुपर्ने बताएका छन् ।

नेसपाको चुनावी घोषणा पत्र सर्वाजनिक कार्यक्रममा पत्रकारहरुले सोधेको प्रश्नको जवाफ दिँदै अध्यक्ष भट्टराईले आइतबार यस्तो बताएका हुन् । कतिपय विकसित देशका मतदाताले यस्तो अधिकार प्रयोग गरिहेको भन्दै समृद्ध लोकतन्त्रका लागि यस्तो अधिकारी जनतामा हुनु आवश्यक भएको उनले बताए ।

यस्तो अधिकारको व्यवस्था जनतालाई भए निर्वाचनका दौरान प्रतिस्पर्धामा खडा भएका उम्मेदवार मध्ये कसैलाई पनि भोट दिन्न भन्ने विकल्पमा जनताले मतदान गर्न पाउने व्यवस्था गरिएको हुन्छ । त्यसै अनुसार मतदाताले आफूलाई कोही ठिक नलागे कसैलाई पनि मत दिन्न भनेर आफ्नो मत जाहेर गर्न पाउने छन् ।

त्यस्तै, आफूले मत दिएर चुनेर पठाएको प्रतिनिधि बेइमान, भ्रष्टाचारी वा नालायक निस्किए फिर्ता बोलाउन पाउने अधिकारी (राइट टु रिकल)को अधिकार पनि जनतालाई हुनुपर्ने उनले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine − 6 =