कांग्रेसको घोषणापत्र साँझ ५ बजे सार्वजनिक हुने
२०७९ कार्तिक ६ गते

काठमाडाैँ । नेपाली कांग्रेसले प्रदेश र प्रतिनिधिसभा चुनावका लागि घोषणापत्र सार्वजनिक गर्दैछ ।
साँझ ५ बजे घोषणापत्र सार्वजनिक गर्ने तय भएको छ । कांग्रेस सभापति शेरबहादुर देउवासहित शीर्ष नेताहरुले प्रधानमन्त्री निवास वालुवाटारबाट घोषणापत्र सार्वजनिक गर्ने छन् ।
लेखन समितिमा रहेकाहरु भने पार्टी कार्यालय सानेपा ललितपुरमा रहनेछन् । उनीहरुले पत्रकारहरुँग अन्तरक्रियासमेत गर्नेछन् ।
२०७९ कार्तिक ६ गते
प्रतिक्रिया
सम्बन्धित









