फूलहरूको पर्वलाई स्वागत गर्दै सयपत्री (तस्बिरहरु)

काठमाडौं । नेपालको रैथाने प्रजातीको नभएता पनि सयपत्री फूलले नेपालीहरुको दोस्रो ठुलो चाड तिहारमा बर्षौ देखी महत्वपूर्ण स्थान लिदै आइरहेको छ ।

आदिकालमा मेक्सिकोका पहाडी जंगलीहरूमा आफै उम्रने यी फूलहरूलाई पहिलोपटक त्यहाँका आदिबासी ‘एजेटिक’ हरूले खेती गर्न सुरु गरेका थिए । मेक्सिको तथा मध्य अमेरिकाको यो जंगली फूल, नेपालमा भने १७ औ सताब्दीको मध्यतिर भित्रिएको अनुमान गरिन्छ । सयपत्री फूल प्राय पारिलो घाम लाग्ने, पानी नजम्ने र प्रांगारिक प्रदार्थ बढी हुने स्थानमा राम्रो संग फुल्ने गर्छ ।

अहिले उपत्यकाको इचंगु, बतासेडाँडाँ, गुण्डु, सुन्ताखान  लगायतका क्षेत्रमा यो फूलको ब्यबसायिक खेती हुने गरेको छ। यसपालि पानी धेरै परेकाले र तिहार पनि चाडो भएकोले फूल खेती राम्रो नभएको किसानहरूको गुनासो छ ।

पोहोरसाल सरदर ३०० रुपैयाँ ढ्वांगमा फूल बिक्री गरेका किसानहरुले यो साल भने फूलको आकार हेरेर ८०० देखि १००० रुपैयाँ प्रति ढ्वांगमा बिक्री गरिरहेका छन् ।

तस्विरहरु:-

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *