चुनावमा राप्रपाले कांग्रेसको झोला बोक्दा रवीन्द्र मिश्र हार्नुभयो : राजेन्द्र लिङ्देन

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले आगामी निर्वाचनमा अप्रत्याशित नजिता आउने दावी गरेका छन् ।

शनिबार काठमाडौँ १ मा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा लिङ्देनले आगामी निर्वाचनमा देशभर आफ्ना उम्मेदवार उठेको भन्दै अप्रत्याशित नजिता आउने र राप्रपालाई अघि बढ्न अव कसैले रोक्न नसक्ने दावी गरेका छन् ।

आगामी निर्वाचन केवल आवद्यिक निर्वाचन मात्रै नभएको भन्दै उनले तीन दशकदेखिको सीमित राजनीतिक दलहरुको चक्रव्युहबाट मुलुकलाई निकाल्ने अवसर भएको बताए । निर्वाचनमा राप्रपाले मात्रै नभई देशले जित्ने भएकाले आफ्नो मत सदुपयोग हुने गरी मतदान गर्न उनले आह्वान गरे ।

लिङ्देनले यसअघिको निर्वाचनमा राप्रपाले गलत गठबन्धन गरेरकाले राम्रा मान्छे पराजित भएकाले अव भने त्यस्तो अवस्था नआउने धारणा राखे ।

त्यस्तै लिङ्देनले अन्य दलमा रहेकाहरुले पनि आफ्नो पार्टी सुधार्न राप्रपामा मतदान गर्नुपर्ने समेत जिकिर गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − thirteen =