खेलकुदसम्बन्धी ठूलाठूला पूर्वाधारका विकास एमालेको सरकारले मात्रै गरेको हो : ईश्वर पोखरेल (भिडिओ)

काठमाडौँ । नेकपा एमालेका बरिष्ठ उपाध्यक्ष इश्वर पोखरेलले नेपालको खेलकुद क्षेत्रको बिकास एमालेमात्रै गर्न सक्ने बताएका छन् ।

शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा पोखरेलले नेपालको खेलकुदसम्बन्धी ठूलाठूला पूर्वाधारका काम एमाले नेतृत्वको सरकारले मात्रै गरेको दावी गरे ।


पोखरेलले किर्तिपुरको रंगशालाको स्तरोन्नती, सातै प्रदेशमा क्रिकेट रंगशाला निर्माण अघि बढाउने, एक पालीका एक खेलकुदग्रामको कार्यक्रम अन्तर्गत करिव दुईसय पालिकामा कामको सुरुवात लगाएतका कार्यहरु एमाले सरकारले नै गरेको धारणा राखे ।

त्यस्तै प्रत्येक जिल्लामा खेलकुद संरचना निर्माणका साथै समानुपातीक बजेट बितरणको थालनि पनि आफ्नै पार्टीको सरकारले गरेको उनले बताए ।

पोखरेलले खेलाडी बिमा कार्यक्रमको सुरुवात पनि एमालेले नै गरेको दावी गर्दै आगामी दिनमा खेल क्षेत्रलाई बिशेष प्राथमिकतामा राखेर काम गर्ने जिकिर समेत गरे ।

पोखरेलले आगामी निर्वाचन केवल निर्वाचन मात्रै नभई देशको भाग्यको फैसला गर्ने अवसर भएको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *