पाँचथरका अधुरो योजन पूरा गर्न गठबन्धनलाई भोट गरौँ : अर्थमन्त्री आङ्बो

माङ्जाबुङ । प्रदेश १ का आर्थिक मामिला तथा योजनामन्त्री एबम पाँचथर प्रदेश  सभा ख का उमेदवार इन्द्रबहादुर आङ्बोले पाँचथरका गठबन्धनका उमेदवारहर लाई अगामी मङ्सिर ४ गते हुने निर्बाचनमा अमुल्य मत दिएर बिजय गराउन  आग्रह गरेका छन् ।

चुनाबी प्रचार प्रसार अभियानका क्रममा पाँचथरको कुम्मयक गाउँपालिकाका विभिन्न ठाउँमा अयोजित कार्यक्रममा सम्बोधन गर्दै मन्त्री अङ्बोले आफू सहित गठबन्धनका उमेदवार भीष्मराज आङ्देम्बेलाई अगामी चुनाबमा अमुल्य मत प्रदान गरि बिजयी गराउन आग्रह गरे ।

आफू मन्त्री भएर पाँचथरलाई बिकास, स्वास्थ्य , शिक्षा सबै कुरामा परिबर्तन भएको र बाकी अधुरो योजनलाइ पूरा गरि पाँचथरलाई अझ समृद्धि बनाउन आफु सहितका गठबन्धनका उमेदवारलाई बिजयी गराइ सो काम गर्ने अबसर प्रदान गर्न समेत मन्त्री आङ्बोले पाँचथरबासिलाइ आग्रह गरे ।

जनता सामु गरेका सबै बाचा पूरा गर्ने आफ्नो ठूलो लक्ष रहेको हुनाले जसरी अगामी मङ्सिर ४ मा मत दिएर काम गर्ने अबसर दिन अनुरोध गरे । मन्त्री आङ्बोले यसअगि पनि यसै क्षेत्रबाट निर्वाचन जितेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *