झापा २ का उम्मेदवार हरि राना भन्छन् : ‘परिणाम बाम लोकतान्त्रिक गठबन्धनको पक्षमा आउँछ ’

झापा। झापाको कम्युनिष्ट आन्दोलन र सामाजिक अभियानमा परिचित नाम हो, हरि राना । सानैदेखि राजनीतिप्रति लगाव राख्ने राना २०३७ सालबाट विद्यार्थी राजनीतिमा होमिएका थिए ।

लामो समय जनप्रतिनिधि भएर काम गरेका अनुभवी राना नेकपा एमालेबाट विद्रोह गरेर बाम लोकतान्त्रिक गठबन्धनको तर्फबाट झापा क्षेत्र नं २ को प्रतिनिधि सभा सदस्यको उम्मेद्वारका रुपमा चुनावी मैदानमा छन् ।

उनले चुनावी प्रतिष्पर्धालाई गहन रुपमा रुपमा लिएको बताउँदै आएका छन् । उनले भनेका छन् । ‘ मैले चुनावी प्रतिष्पर्धालाई गहन रुपमा रुपमा लिएको छु । यद्यपि, अहिलेसम्म मैले चुनाव हारेको छुइँन । हिजो एउटा दलबाट चुनाव लड्दा पटक–पटक मतदाताको रोजाईमा परेको म अहिले तीनवटा प्रमुख दलको समर्थनमा साझा उम्मेद्वारको रुपमा मैदानमा उत्रिएको छु ।चुनावी प्रतिष्पर्धा स्वच्छ र स्वस्थ हुन्छ । परिणाम बाम लोकतान्त्रिक गठबन्धनको पक्षमा आउनेमा म ढुक्क छु ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *