उम्मेदवारको बढ्दो व्यस्तता, रीता भन्छिन् : ‘मतदाताका गुनासा सम्बोधन गर्नुछ’

विराटनगर । पछिल्ला दिन उम्मेदवारको दैनिकी फेरिएको छ। निर्वाचन नजिकिँदै गर्दा सबै क्षेत्रका उम्मेदवारलाई मतदाता भेट्न भ्याई नभ्याई छ । टोल भेला, वडा भेला, गाउँ भेला देखि घरदैलोले उम्मेदवारको दैनिकी फेरिएको छ । निर्वाचन आयोगले आगामी कात्तिक १७ गते पछि मात्र भेला, सभा, सम्मेलन गर्न पाउने खालको आचारसंहिता लागुगरेपछि दलहरु आन्तरिक गृहकार्यमा देखिएका छन् ।

त्यही ब्यस्त हुने मध्येकी एक हुन् रीता न्यौपाने । मोरङ क्षेत्र नम्बर ६ प्रदेश क्षेत्र १ मा नेकपा एमालेको तर्फट उम्मेदवार भएकी रीता बिहानै ५ बजेदेखि राती १० बजेसम्म नै ब्यस्त हुने गरेको बताउँछिन् ।

उनी हरेक दिन विहान आफनो कार्यतालिका अनुसार आफ्ना मतदातासँगको भेटमा हुने गरेको बताउँछिन् । ‘निर्वाचन नजिकिसकेको छ, भेटघाट गरेर मतदाता र नागरिकका कुरा सुन्ने गरेको छु, उनले भनिन्, मतदाताका एउटै कुरा छ, निर्वाचित भएर पठाएका जनप्रतिनिधि नियमित आफ्नो निर्वाचन क्षेत्रमा आएनन् ।’ महिला आन्दोलन र सामाजिकसँगै शिक्षा क्षेत्रबाट राजनीतिमा आएकी न्यौपाने अहिले आफ्नो चुनावी प्रचारमा गाउँघरमा जाने गरेको बताउँछिन् ।

‘२०७४ सालको निर्वाचनमा उठेका र निर्वाचित भएका मात्र हैन पराजित भएकाहरु पनि निर्वाचन क्षेत्रमा आएर नागरिकका दुःख सुखमा साथ नदिएको भन्ने नागरिकको गुनासा प्रसस्तै पाएँ, रीता भन्छिन्, यो पटकको निर्वाचनमा मतदाताले महिला युवा उम्मेदवारलाई जिताउनु हुनेछ ।’

बुढिगंगा गाउँपालिका वडा नम्बर ३ मा विद्यालय संचालन गरेर शिक्षाको ज्योति छर्ने कामको नेतृत्व गरेकी रीता न्यौपानेले आफु मतदाताकोमा जाँदा मतदाता उत्साहित भएको बताउँछिन् । नीति निर्माण, विकास निर्माणको भिजन आफुसँगमात्र भएको उनको भनाई छ । ‘केही ब्यक्तिहरु आफ्नो ससुराको आडमा मतदाता प्रभावित पार्ने काम गरिरहेका छन् भन्ने सुनेको छु, उनले भनिन्, मलाई मतदाताको साथ छ, आफ्नै बलमा उभिएकोले मतदाताले मलाई मनपराउनु भएको छ।’

आफ्नो निर्वाचन क्षेत्रमा माहिलाका धेरै समस्याहरु देखिएकोले महिलाका मुद्दालाई सम्बोधन गर्नेगरि अघि बढेको उनले बताईन् ।

मोरङ क्षेत्र नम्बर ६ (१) मा गठबन्धनको तर्फबाट पुष्पकमल दाहाल प्रचण्डका ज्वाई जीवन आचार्य प्रतिस्पर्धामा छन् । उनी पनि हरेक दिन आफ्नो निर्वाचन क्षेत्रमा मतदातासँगै ब्यस्त हुने गरेको बताउँछन् । उनी २०७४ सालको निर्वाचनमा नेपाली कांग्रेसका नेता चुमनारायण तबदारसँग पराजित भएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *