मेरा आखाँले देखेको ओखलढुङ्गा !

ओखलढुङ्गा प्राकृतिक सुन्दरताले भरिपूर्ण  तीन नदिद्वारा सीमाङ्कन गरिएको मनोरम स्थल हो । जहाँ आफ्नै भाषा, संस्कृति र मून्यमान्यताहरू अझै पनि जीवित छन् । ओखलढुङ्गा संस्कृतिको सङ्ग्रहालय हो । यहाँका मानिसहरूले परम्परालाई मनैदेखि पालना गर्छन् । यहाँ प्रकृति अति नै खुसी र सुखी देखिन्छ । यहाँ प्रकृति एकाबिहानै डाँडाबाट चिहाउँछ ।

चिरबिर चिरबिर गर्दै चरासँगै उड्छ । छङछङ छङछङ गर्दै खोलासँगै बग्छ र रातमा । रातमा ओखलढुङ्गाको सुन्दरता लाई चिहाउन फेरी जुन बनेर निक्लन्छ ।

सिद्धिचरण श्रेष्ठ जसले ओखलढुङ्गालाई चिनाएका थिए । मैले सिद्धिचरणका आखाँले देखाएका ओखलढुङ्गालाई हेर्ने मात्र मौका पाएको थिए तर यस पालिको दसैँले मलाई आफ्नै आखाँले ओखलढुङ्गा हेर्ने सुवर्ण अवसर दियो । मैले पनि विदाको सदुपयोग गर्दै सीमित अवधिमा धरै स्थलमा भ्रमण गर्ने प्रयास गरेँ ।

यहाँ सिद्धिचरणलाई सम्मान गरी स्रष्टा पार्क स्थापना गरिएको छ । जसलाई सिद्धिचरण पार्कको नामले पनि चिनिन्छ । यस पार्कमा सिद्धिचरणको ठुलो मूर्ति राखिएको छ । मूर्तिको ठिक तल उनले लेखेका मेरो प्यारो ओखलढुङ्गा, हिमगिरी मण्डित जस्ता कविताहरू भित्तामा टाँसिएर राखेका छन् ।

यहाँ काजी भीम मल्लले ओखलढुङ्गामा रहँदा धान कुटेर खाएको ठुलो ऐतिहासिक ओखल पनि रहेको छ । यो ओखल नै यहाँको मुख्य केन्द्रविन्दु हो । यहाँ रमणीय वनजंगल र खोलाहरू त छँदैछन् साथै बुधबारे र शनिबारे हाटबजारले पनि ओखलढुङ्गालाई थप आकर्षित बनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *