गोलाप्रथामा परेको मोबाइल नम्बरमा ओलीको फोन

काठमाडौँ । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले गोला प्रथागरी परेको मोबाइल नम्बरमा सर्वसाधारण (मतदाता)लाई फोन गरिरहेका छन् । शुक्रबार पार्तीको कार्यालय च्यासलबाट उनले सर्वसाधार, शुभचिन्तक तथा आफ्ना मतदाताका रुपमा फोन नम्मर पठाउनेहरुलाई फोन गरेर कुराकानी गरेका हुन् ।
ओलीले आफूसँग कुराकानी गर्न आम सर्वसाधारण मतदाताबाट मोबाइल नम्बर टिपाउन सचिवालयमार्फत आह्वान गरेका थिए । उनले गरेको आह्वान अनुसार १ लाख ७१ हजार ७ सय८३ जनाले नम्बर टिपाएको एमाले सचिवालयले दाबी गरेको छ ।
आसन्न निर्वाचनलाई लक्षित गर्दै ओलीले सर्वसाधारणसँग नजिक हुन र आफ्नो राम्रो छवि प्रस्तुत गर्न विभिन्न तरिका अपनाइरहका छन् । केही दिन अघि मात्रै उनले नेपाली कांग्रेसका सभापति एवं वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवासँग ‘लाइभ डिबेट’ आफू तयार रहेको भन्दै सामाजिक सञ्जालमार्फत चुनौती दिएका थिए ।













