प्रचण्ड र म मिल्याैँ, तपाईंहरु पनि मिल्नुस् : देउवा
२०७९ कार्तिक ४ गते

पोखरा । प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले गठबन्धन दलहरूबिच राम्रो तालमेल नभए चुनाव हार्ने भन्दै मजबुत भएर मिल्न नेता कार्यकर्तालाई आग्रह गरेका छन् । पोखरामा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले प्राप्त उपलब्धिको रक्षाको लागि गठबन्धन दलहरुबीच बलियाे मिलाप आवश्यक रहेको बताए ।
`राजनीतिमा हिजोका कुरा ल्याएर काम छैन । गठबन्धनबिच कुनै हालतमा शंका उपशंका हुनु हुँदैन,´ उनले भने, `सबै पार्टीका साथीहरूलाई शंका वा बोली भाषाले तिक्तता ल्याउन हुँदैन । यस्तो भयो भने समावेशी लोकतन्त्र जोगिन्छ । हिजो प्रचण्ड जीसँग लडाइँ थियाे, आज राम्रो सम्बन्ध छ । तपाईंहरु अझै राम्रोसँग मिल्नुस् ।´
कांग्रेस र कम्युनिष्टकाे सहकार्यबाटै देशमा राजतन्त्र अन्त्य भएर गणतन्त्र आएकाले यसलाई जोगाउन पनि एकजुट हुन आवश्यक रहेको देउवाले बताए । उनले याे चुनावबाट देशकाे दिशा निर्देश हुने भन्दै गठबन्धनलाई जिताउन आग्रह गरे ।
`राष्ट्र कुन दिशामा लैजाने, प्राप्त उपलब्धीलाई जाेगाउने कि नजाेगाउने भन्ने प्रश्न छ,´ उनले अघिभने, `नेपालकाे गणतन्त्र विश्वकाे अध्ययनस्थल भएकाे छ । हाम्रा सन्ततीले राम्रो मुल्यांकन गर्ने छन् । जति सुन्दर व्यवस्था छ यसमा सबै पार्टी मिल्नुपर्छ ।´
२०७९ कार्तिक ४ गते
प्रतिक्रिया
सम्बन्धित










