माधव नेपाललाई कारबाही गर्न निर्वाचन आयोगको निर्देशन

काठमाडौँ । नेकपा एकीकृत समाजवादी (नेकपा एस)का अध्यक्ष माधवकुमार नेपाललाई कारबाही गर्न निर्वाचन आयोगले प्रहरीलाई निर्देशन दिएको छ ।

रौतहटको निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यमा उम्मेद्वारी दिएका नेता नेपालले निर्वाचनलाई प्रभाव पर्ने कसुर गरेको भन्दै कारावही प्रक्रिया अघि बढाउन आयोगले प्रहरीलाई निर्देशन दिएको हो ।

उम्मेदवार नेपालले ‘फ्रि भिसा, फ्रि टिकट’मा मतदाता युवालाई वैदेशिक रोजगारीमा पठाइदिने भन्दै प्रलोभन देखाएको भन्दै उनलाई निर्वाचन कसुर तथा सजाय ऐन २०७३ को दफा ३९ अनुसार कारवाही प्रक्रिया अघि बढाउन निर्देशन दिएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − thirteen =