तस्बिरमा १५ औँ गोदावरी पुष्प मेला

ललितपुर । ललितपुरस्थित जावलाखेल खेलमैदानमा आजबाट १५ औँ गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी सुरु भएको छ ।

आजबाट ४ दिनसम्म अर्थात कार्तिक ६ गते सम्म चल्ने प्रदर्शनीमा कुल ५६ वटा स्टलहरु रहेका छन् । जस मध्ये व्यावसायिक प्रदर्शनीका ५१ वटा, अफिसियल ३ वटा र प्रतिस्पर्धात्मक स्टल २ वटा रहेको आयोजक फ्लोरीकल्चर एसोसिएसन नेपालले जनाएको छ ।

प्रतिस्पर्धात्मक स्टलबाट प्रथम द्वितीय र तृतीय हुनेले क्रमशः ८ हजार, ६ हजार र ४ हजार नगद पुरस्कारसहित प्रमाणपत्र पाउनेछन् ।

व्यावसायिक प्रदर्शनी तर्फ उत्कृष्ट हुने स्टललाइ नगद १० हजार सहित प्रमाणपत्र प्रदान गरिने छ ।

प्रदर्शनीको उद्घाटन बिहीबार एक कार्यक्रमका बिच नेपाल उधोग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले गरेका छन् भने, उक्त्त उद्घाटन कार्यक्रममा ललितपुरका प्रमुख जिल्ला अधिकारी सहित वरिष्ठ कलाकार द्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यको पनि उपस्थिति रहेको छ ।

तस्बिरहरु :

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *